एग्रोभेटको अध्यक्षमा विनोद तिवारी निर्वाचित

नेपालगन्ज,चैत्र,०९-
एग्रोभेट व्यवसायी संघ नेपालगन्जको १२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट विनोद तिवारी अध्यक्षमा सर्वसम्वत् निर्वाचित भएका छन् ।

जसको उपाध्यक्षमा रामप्रसाद आचार्य, सचिवमा कमलबहादुर थापा र कोषाध्यक्षमा दुर्गाप्रसाद गुप्ता चयन भए । त्यस्तै किरण खनाल, जितेन्द्र शिरीष, गन्जमान बुढा र कृष्णराज ढकाल सदस्यमा चयन भएका छन् । एक जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तिवारीले जानकारी दिए ।

संघका अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको साधारणसभामा बोल्ने वक्ताहरूले एग्रोभेट व्यवसायीहरू एक हुनु पर्ने बताए । एग्रोभेट व्यवसायीको सुरक्षाका लागि सबै एकजुट हुनु पर्ने उनीहरूको भनाइ छ ।

व्यवसायीहरू भएका समस्यालाई पहिचान गरी समस्याको समाधान गर्न संघले नेतृत्व गर्नुपर्नेमा उनीहरूको जोड छ । खुल्ला सीमाका कारण नेपालगन्जका व्यवसायीले समस्या झेल्नु पर्ने बताए ।

विषादीयुक्त मलभन्दा जैविक विषादी प्रयोग गर्न भन्दै उनीहरुले मानव स्थास्थ्यलाई असर गर्नेखालका काम नगर्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वायिद अन्सारीले व्यवसायीको समस्या व्यवसायीले बुझ्ने हुँदा व्यवसायी हितका पक्षमा काम गर्नुपर्ने बताए