भारतको हिमाञ्चलमा गुडिरहेको बसमाथि पहिरो खस्यो, ४८ जनाको मृत्यु

काठमाडौं, साउन ३०-

भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ ।हिमाञ्चलको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको हो ।

बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ ।उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । विगत केही दिनको भारी बर्षापछि पहिरो गएको बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहतको ब्यवस्था गर्न निर्देशन दिएका छन् ।(एजेन्सी)