जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, टोकियोमा सबै भन्दा बढी

जापानको कुन केनमा कति नेपाली बस्छन् जानीराखौ !!

फाईल तस्विर : सामाजीक संजाल गुगलबाट साभार

काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ।

जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो।

करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे।

तर सन् २०१७ र २०१८ मा नेपालीको जनसङ्ख्या ह्वात्तै बढेर ८८ हजार ९ सय ५१ पुगेको थियो।यो यती मा मात्र रोकिएन २०१९ मा फेरी बढेर ९६ हजार ८ सय २४ पुगेको थियो।

तर सन् २०२० मा भने (कोभिड-१९) कोरोना महामारीका कारण जापानमा लकडाउन र आवागमन प्रतिबन्धको कारण नेपालीको सङ्ख्या घटेर ९५ हजार ९ सय ८२ पुगेको थियो।

सन् २०२१ मा कोरोना निर्मुल हुदै जादाँ जापान सरकारले आवागमन खुलाए पछि फेरी नेपालीको जनसङ्ख्या बढेर ९७ हजार १ सय ९ पुगेको थियो।

जापानको न्याय मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२१ र २०२२ को बीचमा सबैभन्दा बढी वृद्धि भएर ९७ हजार १ सय ९ बाट १ लाख ३९ हजार ३ सय ९३ पुगेको थियो।

त्यसपछि भने नेपाल देखी जापान आउने नेपालीको संङ्ख्या दिनप्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ।एक वर्षको अवढीमा ३६ हजार नेपाली आएको देखिन्छ।

सन् २०२३ मा नेपालिहरूको जनसङ्ख्या १ लाख ७६ हजार ३सय ३६ पुगेको थियो।

सन् २०२४ सम्म आईपुग्दा पुनह् एक वर्षमा ३० हजार भन्दा बढी जापान आएपछि हालसम्म जापानमा बसोबास गर्ने नेपालीको जनसंङ्ख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको छ।

जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन्।नेपालीहरु उत्पादन, नर्सिङ केयर, कृषि र सेवा क्षेत्रमा कार्यरत रहेका छन्।

जापानको कुन केनमा कति नेपाली बस्छन् ?

टोकियो – ४३,१४८ जना
ओसाका – १७,३९८ जना  
चिवा – १६,९९९ जना 
आईची – १६,७५० जना 
फुकुओका – १६,१९१ जना 
साईतामा – १४,०६६ जना
खानागावा – १३,६३१ जना 
ह्योगो केन – ७,९६३ जना
गुन्मा केन – ५,५८७ जना 
सिजुओका – ५,५०२ जना
ओकिनावा – ४,८७३ जना 
क्योउतो – ४,६६७ जना
ईवाराकी – ३,४२५ जना 
तोचिगी – ३,४२५ जना 
मियागी – ३,०९९ जना
मिए – २,७२३ जना 
होक्काईदो – २,४५३ जना 
गिफू – २,४३७ जना 
हिरोसिमा – २,४२७ जना 
कोमामोतो – १६,०२ जना  
नागासाकी- १,४२६ जना 
ओकायामा – १,३९९ जना 
नागानो – १,३९३ जना 
सागा – १,२०७ जना 
फुकुसिमा – १,१७५ जना 
आईता – १,११५ जना 
निगाता – ९७२ जना  
यामागुची – ९६१ जना  
यामानासी – ९५४ जना  
नारा – ८९१ जना  
खागोसिमा – ७३२ जना  
सिगा – ६९४ जना  
ईसिखावा – ६५० जना  
खागावा – ५२३ जना  
एहिमे – ४८४ जना  
मियाजाकि – ४६० जना  
वाकायामा – ४३९ जना  
तोयामा – ४०३ जना  
फुकुई – ४०३ जना  
ईवाते – ३०८ जना  
सिमाने – २७३ जना  
तोकिसिमा – २७२ जना  
यामागाता – २२९ जना  
आओमोरी – २२४ जना  
तोत्तोरी – २०५ जना  
कोची – १४३ जना  
आकिता – १३९ जना  
अज्ञात – ४६९ जना ( यो भनेको भिषा सकिएका व्यक्तीहरु जापान मै भएका तर कुन ठाँउमा बस्छन् अझै पत्ता नलागेका मानिसहरु हुन्।