एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेदवारी

जापानबासी नेपालीहरुको समस्यामा सहयोग गर्ने लामाको प्रतीवद्धता

मिलन मगर,
फुकुओका जापान, अगस्ट,८-

गैर आबासिय नेपाली संघ (NRNA) जापान को आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा जापानको क्युसु क्षेत्रमा बिगत ऐकदसक देखी बसोबास गर्दै आउनुभअका हस्त लामाले केन्द्रिय सदस्य पदमा उम्मेदवारि दर्ता गरेका छन।

जापानमा बिगत एक दशक भन्दा बढी समय बिताइ सक्नु भएको छ । जापानको केन्द्रिय सदस्यका उम्मेदवारि हस्त लामा भन्ने चासोको बिषय भन्न सक्छ काठमान्डो घर भै अमृत साइन्स क्याम्पस बाट उच्च शिक्षा हासिल गर्नु भएका लामा बिज्ञान संकायका बिद्यार्थी हुन ।

बिज्ञानका हरेक नियम र सिद्धान्तलाई प्रमाणिकरण गर्दै यो स्थानमा अाइपुगेका लामा हाल फुकुओकाकामा व्यवसाई, जापानिज कलेजको शिक्षक र नेपाली मुलका जापानिज नागरिक पनि हुन।लामो समय देखी क्युसु क्षेत्रमा दु:ख र समस्यामा परेका हरेक नेपालीलाई सहयोग गर्दै आउनुभएको छ ।

लामा अत्यधिक नेपाली बिद्यार्थी बसोबास गर्ने ठाउँको रुपमा टोक्यो पछि दोस्रो नम्बरमा आउँछ ।उनले आफुले काम गर्ने स्कुलका बिद्यार्थी मात्रै नभई हरेक विद्यार्थीले ल्याएका समस्यालाइ समाधानको बाटो खोजिदिने काम गर्छन। बिद्यार्थी मात्रै हैन अहिले फुकुओका क्षेत्रका नाम चलेका संस्थाहरुको नेतृत्व गरिसकेका र व्यवसायी रुपमा आफ्नो ठाउँ बनाइसकेका धेरैलाई उनले सहयोग गरेका छन।

सधै पर्दा पछाडी रहेर काम गर्न रुचाउने उनि अब भने खुलेरै नेपाल र नेपालीको हितका लागि काम गर्न चाहेको र यसका लागि एन आर एन मा रहेर काम गर्दा अझ प्रभावकारी हुने आशाले आफुले उम्मेद्वारी दिन लागेको कुरा बिहानि अनलाईन डटकमलाई लाइ जानकारी दिए ।

यस पटक क्युश्युमा बनेको एन आर एन ए को सदस्य संख्या हेर्ने हो भने अबको एन आए एन ए जापानको चुनाबमा क्युशु निर्णायक हुने कुरा धेरैले अड्कल गरेका छन्। यसै बिचमा उनलाइ क्युशुबाशीको पूर्ण सहयोग र समर्थन रहनुका साथै अन्य क्षेत्र बाट पनि उनलाई सहयोग र समर्थन रहने कुरा जानकारी आएको छ ।

अब हुने एन आर एन ए जापानको निर्बाचनमा आँफुलाई अत्याधिक मत दिइ सदस्य पदमा जिताउनको लागि जापानबासि सबै नेपाली संग उनले हार्दिक अपिल पनि गरेका छन् ।

साथै उनले सदस्य पद जितेमा एन आर एन ए को मूल्य र मान्यता लाइ आत्मा साथ् गर्दै नेपाली र नेपालको लागि काम गर्ने र एन आर एन ए को पहुँच नपुगेको ठाउँमा एन आर एन ए लाइ चिनाउने काम गर्ने प्रतिबद्धता पनि ब्यत्त गरेका छन् ।