जापानमा अविरल वर्षा : सुरक्षीत ठाँउमा बस्न सुझाव

कित्ताक्यूशु,जापान,असार,२२-

जापानमा निरन्तर अविरल वर्षा भईरहेको छ ।केहि दिन देखी जापानका विभिन्न ठाँउमा परेको वर्षा र हावा हुरीबतासका कारण जापानको उत्तरी भेग अर्थात कित्ता क्यूशु क्षेत्र र फुकुओकाको निशी कु, ज्योनान कु, ओनोजो लागायतका केहि त्यस्ता ठाँउहरुमा  बाढी पहिरो जान सक्ने, जमीन भाषिन सक्ने आशंका गरिएको छ।

त्यस्ता आशंका गरिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लक्षीत गरी मोबाईल मार्फत ईमर्जेन्सी सूचना प्रवाह गरिएको छ । आफ्नो मोबाईलमा ईमर्जेन्सी सूचना आएमा आत्तीहाल्नु पर्ने अवस्था भने छैन्, तर चनाखो भएर सुरक्षीत तरिकाले भने अवश्य बस्नु पर्ने हुन्छ । 

मोबाईल मार्फत ईमर्जेन्सी सूचना पाएका स्थानका व्यक्तिहरुले यस्तो अवस्थामा आफ्ना केहि महत्वपूर्ण सामानहरु र तुरुन्त आवश्यक पर्ने सामानहरुको जगेर्ना गरेर सुरक्षित तरिकाले बस्नु पर्नेहुन्छ ।अहिले त्यस्ता स्थानहरुमा सार्वजनीक सरकारी भवनहरु सुरक्षितका लागी खुल्ला गरिदिएको छ।

यदि कुनै त्यस्तो खतराको महशुस भएमा आफुलाई पायक पर्ने ठाँउमा जान सकिनेछ । तर यस्तो अवस्थामा कुनै घट्ना भएर आफू र अरु कसैलाई चोटपटक लागी हालेमा ११९ मा सम्पर्क गर्दा आपत विपतमा परेकोलाई रोकथाम र उद्दार गर्न मद्दत मिल्नेछ ।