पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु १३ घाइते

फाईल तस्विर : गुगलबाट साभार ।।

पाल्पा,पुष,२२-पाल्पाको रैनादेवी छहरा गाउँपालिका -८, खुर्सानेमा बिहीबार मध्यराति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।ग १ ख ४९७७ नम्बर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।१३ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक शाहीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरी बुटवल पठाएको जानकारी दिनुभयो।बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको शाहीले बताउनुभयो।

मृत्यु हुने अधिकांश महिलाहरु भए पनि पहिचान खुल्न सकेको छैन । बस दुर्घटना राति ११ बजे भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।लोकान्तरबाट