जेटीकप क्रिकेट प्रतियोगिता २०७४ को उपाधी आरएमई टीकापुर लाई

पवन मुडभरी/

बौनिया,मंसिर,२-
कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ । आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो । यो उपाधी उचाले सगै आरएमई टीकापुर लगातार २ वर्ष च्याम्पिीएन बन्न सफल भएको छ ।

आज भएको फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्दश नमुनाले ११.४ ओभर खेल्दै सवै विकेट गुमाउदै ५८ रन जोडन सफल भएको थियो । आर्दश नमुनालाई ५८ रनमा समेटने क्रममा आरएमई टीकापुरका विवेक न्यौपानेले ३ विेकट तथा राजन राज रग्मी र भविष्य धामप्ले समान २÷२ विेकेट लिए ।

५९ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आरएमई टीकापुरले ७ ओभर खेल्दै १ विकेट गुमाउदै उपाधी चुम्न सफल भएको हो । आर्दश नमुनालाई जित दिलाउने क्रममा संजय बोहराले २१ बलमा ३१ रनको नटआउट पारी खेलेका थिए । उनि म्यान अफ द म्याच भए ।

प्रतियोगितामा प्रथम हुदै आरएमई टीकापुरले नगद ४१ ह्जार १ सय ११ मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ भने आर्दश नमुनाले नगद १७ हजार १ सय ११ रुपया ट्रफी,मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरी म्यान अफ द सीरीज संत निरकारीका कुशल कठायतले नगद ३ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन , उत्कृष्ट ब्याटसम्यान बसन्त मुरारी बौनियाका विवेक विकले नगद २ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन ।

यस्तै प्रतियोगिता भरीनै उत्कृष्ट बलिङ गरेर उत्कृष्ट बलर बन्दै लिटील फलावर धनगढीका प्रेम बमले २ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । र प्रतियोगिता भरीनै उदयीमान खेलाडी का रुपमा सर्वोदय माविका मगंल भुलले नगद नगद २ हजार १ सय ११ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

कार्तिक १५ गते देखि सञ्चालन भएको प्रतियोगिता आज एक भव्य समारोहका विच समापन भएको छ । जगततारा ईङिलस बोर्डिङ स्कुलका संस्थापक तथा खेल सयोजक एकेन्द्र मल्लको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथि बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलीराम चौधरी रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले आगामी वर्ष मुडाबजार स्थित खेल मैदानलाई बर्दगोरिया गाउपालिकाकाले व्यवस्थित गरी जेटी क्रिकेट सञ्चालानार्थ आर्थिक भौतिक रुपमा सहयोग गर्ने बताउनुभयो । खेल सञ्चालन गर्नु रामो्र भएको बताउदै यस कार्यलाई निरन्तरता दिई अन्तर निहीत प्रतिभावान खेलाडीलाई अगाडी बढाउन सहयोग पुगेको बताउनु भयो ।

यस्तै कार्यक्रमको समापन गर्दै जगतताराका सस्थापक एकेन्द्र मल्लले आगामी वर्ष प्रतियोगिताको रासि बृद्धि गरेर प्रथम परस्कार ६१ ह्जार र द्धितिय पुरस्कार ३१ ह्जार प्रदान गरीने बताउनु भयो । प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको थियो ।

विद्यालयका सहायक प्रिन्सीपल हरी प्रसाद पाण्डेले स्वागत गरेको कार्यक्रममा मुडा बजार विकास समितिका अध्यक्ष मिथुन गौतम, समाजसेवि दल बहादुर बुच्चामगर, र आर्दश नमुनाका संस्थापक सदस्य राम प्रसाद तिमिल्सेना लगाएतकाले मत्नव्य राख्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल रोशन बोहराले गर्नु भएको थियो ।