पोषण र स्वास्थ्य शिक्षाप्रति आमाहरु सचेत

कपिलवस्त्,मंसिर,३-

कपिलवस्तुको बुद्धभूमि नगरपालिका -९ इमिलियाकी सिर्जना परियार गर्भवती आमा हुन् । उमेर २१ वर्ष पुगेकी उनले नजिकैको स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गराईसकेकी छन् ।

अचेल गाउँघरमै पाइने पोषिलो खाना नियमित खाने गरेको उनले सुनाइन् । आइरन पाइने खाना, दुध, माछा, गेडागुडी, हरियो सागपात उनी खानामा कहिल्यै छुटाउदिनन् । आजका नयाँ पत्रिकामा खबर छ ।