लायन्स क्लब अफ नेपालगन्जको पदस्थापन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/ 
नेपालगन्ज ,साउन,३-
लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ ले अाज नेपालगन्ज एरिया ६ अन्तर्गतका नयाँ गठन भएका लायन्स तथा लियो क्लबहरुको सामूहिक पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्जको सिद्वार्थ कटेजमा लायन्स नेपालगन्ज एभरेस्ट लगायतका क्लबका पदाधिकारीहरुलाई एरिया ६ का २०१८/२०१९ का गभर्नर सुनिल अोझा, पाष्ट गभर्नर मधुसुधन शर्मा, पाष्ट डिष्ट्रिक गभर्नर शेम शाक्य लगायतका प्रमुख अतिथि, बिशिस्ट अतिथि, उक्त कार्यक्रमका अध्यक्षता लायन्स क्लबका नेपालगन्ज एरियाका पहिलो अध्यक्ष भिम सुबेदीले लगायतकाले सम्मान तथा पदस्थापना गराउनु भएको थियो ।

उक्त कार्यक्रममा बरिस्ठ सल्लाहकार मुकुट ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो । पदस्थापना कार्यक्रममा काठमाडौं , चितवन, धनगढी , बुटवल लगायतका लायन्सका बिभिन्न पदका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा एरिया चिप सन्तोष पौडेलले लायन्सलाई सहयोग गर्ने व्यक्तिहरुलाई मायाको चिनो दिएर सम्मान गर्नु भएको थियो ।