कोपा अमेरिका कप:अर्जेन्टिना र कोलम्बिया भिड्दै

फाईल तस्विर !!

एजेन्सी,असार,२३-कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) बिहान अर्जेन्टिनाले कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।अर्जेन्टिना र कोलम्बियाबीचको खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुनेछ ।

कोलम्बियाविरुद्ध मैदान उत्रदा अर्जेन्टिना जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछ । कोलम्बिया पनि अर्जेन्टिनालाई हराएर फाइनल पुग्न चाहन्छ ।

अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनल ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिल पेरुलाई १-० ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई ३-० ले हराएको थियो । सेमिफाइनलमा अर्जेन्टिना उक्त जितलाई कायम राख्न चाहन्छ ।

समूह चरणमा अपराजित अर्जेन्टिनाले ४ खेलमा १० अंक जोडेको थियो । समूह ‘ए’ को अर्जेन्टिना समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराएको थियो ।

समूह चरणमा कोलम्बियाले ४ खेलमा ४ अंक जोडेको थियो । समूह ‘बी’ मा रहेको कोलम्बिया तेस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।