मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं,जेठ,१५-सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो ।

अहिले बस्ने संसदको दुबै सदनका संयुक्त बैठकमा बजेट पेश गरिँदै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुने छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले गरेको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिनुभयो ।