माघ २७ गते खजुरा महोत्सवमा चर्चित नायक ‘अनमोल केसी आउने

नेपालगन्ज,माघ,२१-

(ANMOL K.C)

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा महोत्सव हुँदैछ ।

महोत्सवको तयारीका बारेमा पत्रकार गणेश बिकले महोत्सव प्रचारप्रसार उपसमिति संयोजक भागवतप्रसाद कँडेलसँग कुराकानी । महोत्स्व माघ २४ गतेदेखि फागुन ५ गतेसम्म लाग्ने छ ।

प्रादेशित खजुरा महोत्सवको तयारी कस्तो भैईरहेको छ ।

महोत्सव नजिकिँदै गर्दा कामले तीव्रता पाएको छ । अहिले प्रचारप्रसार, महोत्सवस्थलको सजावट, स्टलका लागि सम्झौता, स्टल निर्माणलगाययतका कामहरू भइरहेका छन् । काम अन्तिम चरणमा पुगेको छ ।

महोत्सवममा को को कलाकारहरू आउँदै छन् ।
नेपाली चलचित्रका सुपरस्टार नायक भुवन केसी, अनमोल केसी नायिका निरुता सिंह, गायक पशुपति शर्मा, रामजी खाँड गायिका टीका पुन, टंक बुढाथोकी, अशोक दर्जि लगायतका कलाकारहरूको प्रस्तुति रहने छ । त्यसका साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहन्छ ।

प्रादेशिक खजुरा महोत्सवको उद्देश्य के हो ।

उद्योगबाट उत्पादन भएका वस्तुहरूलाई प्रदर्शनीमा राखेर त्यसको प्रचारप्रसार गर्ने र बजारीकरण गर्ने हो । यहाँका गाउँबस्तीमा उत्पादन हुने तर, त्यसको प्रचारप्रसार नभएर ओझेलमा परेका वस्तुको प्रचारमा ल्याउने यसको मुख्य उद्देश्य हो ।

यहाँ साना मझौला खालका उद्योग छन् । पछिल्लो समय महिला उद्यमीहरू पनि बढ्दै छन् त्यस्ता उद्यमीलाई के फाइदा हुन्छ ।

महिला उद्यमीलाई अझ प्रोत्साहन गर्ने र गराउने हो । महिला उद्यमीहरू बढ्दै छन् । उनीहरूलाई सरकारले छुट दिएको । तर, उनीहरूले निर्माण गरेका सामग्रीले बजार पाएका छैनन् । हामी ती सामानको बजारीकरणका लागि काम गर्छौं । जसले उनीहरूले उत्पादन गरेका वस्तु सहजै बजार जाने वातावरण सिर्जना हुन्छ ।

कती दर्शकले अवलोकन गर्ने लक्ष्य राख्नु भएको छ ।

यो प्रादेशिक पहिलो महोत्सव हो । यसमा हामीले जति सकिन्छ धेरै दर्शक भिœयाउने योजनामा छौं । अहिले कम्तीमा एक लाख दर्शक भिर्याउने योजना छ ।यसमा कस्ता खालका कलाहरू प्रदर्शनी हुन्छन् । प्रत्येक ठाउँठाउँबाट बाहिर नआएका पुराना कला संस्कृति,