चुनाव सुरक्षामा लापरवाही

काठमाडौं,मंसिर,३-

कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो ।

चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लवु समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए पनि सुरक्षा दृष्टिले ‘ढुक्क हुनु आयोगलाई आश्वस्त बनाएका थिए । तर, त्यसयता निर्वाचन हिंसा घट्नुको साटो उम्मेदवार लक्षित आक्रमणका शृंखलाबद्ध घटनाले भयको वातावरण सिर्जना गरेको छ ।

केही दिनयताका घटनाले हामी निकै चिन्तित छौं, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘त्रासमय वातावरण छ । उम्मेदवार मात्र होइन, मतदातामा पनि त्रास फैलिएको छ।

विप्लव नेतृत्वको माओवादीले स्थानीय तह निर्वाचनमा छिटपुट घटना गराए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित ‘ठूला हिंसात्मक’ घटनाले भने भयरहित चुनावी वातावरणमा शंका पैदा गरेको छ । आजको अन्नपूर्णमा खबर छ ।