लोडसेडिङ बढ्न सक्ने

काठमाडौं,मंसिर,३-

भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न अद्ययोगमा प्रतिवन्ध लगाउने आदेश दिए लगतै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयत भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

यसको असर ढलकेबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको बिजुली कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो ।

टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली तयता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ । आजको अन्नपूर्णमा खबर छ ।