कोरोना : जापानमा एकै दिन २८ जनाको मृत्यु, १३,१२० जना संक्रमीत

मृतकको संख्या ३ सय ३६ पुग्यो

जापान,बैशाख,१२-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहान सम्म ३ सय ३६ जनाको मृत्यु भएको छ । एकै दिन २८ जनाको निधन भए संगै मृतकको संख्या ३३६ पुगेको हो ।

एकै दिन नयाँ ४३० जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १३ हजार १ सय २० जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ३ हजार ५३ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ३ सय ६८ जना निको भएका थिए |

शुक्रबार बिहान सम्म जापानका विभिन्न ठाँउ, खानागावा, फुकुई, कोउची, नागासाकी, ओकिनावा, टोयामा केनमा एक एक जना यस्तै गुन्मा, चिबा, फुकुओका केनमा दुई दुई जना त्यस्तै ओसाका केनमा तिन जना त्यसैगरी साईतामा केनमा ७ जना , टोक्योमा ६ जना गरी २८ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १२ हजार ३ सय ९४ जना संक्रमीत छन्,भने ३ सय २४ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ५३५ मृत्यु: २५ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८४ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६५ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १५३ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १३८ जना, मृत्यु: ११ जना
९.साइतामा केनमा संक्रमित: ७५८ जना, मृत्यु: २३ जना
१०.चिबा केनमा संक्रमित: ७७१ जना, मृत्यु: १८ जना
११.टोक्योमा संक्रमित: ३५७२ जना, मृत्यु: ८७ जना
१२.खानागावा केनमा संक्रमित:८७६,मृत्यु: २४ जना
१३.निईगाता केनमा संक्रमित: ६२ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २१६ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: ११९ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५१ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६२ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ५८ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४५७ जना, मृत्यु: २९ जना
२१.मिए केनमा संक्रमित: ४२ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९२ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: २८२ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१४१५,मृत्यु:१८ जना
२५. हियोउगो केनमा संक्रमित: ५८० जना,मृत्यु:२२ जना
२६.नारा केनमा संक्रमित: ७३ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित: ५० जना, मृत्यु: जना २८.ओकायामा केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १४४ जना, मृत्यु: १ जना
३० यामागुची केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: ३ जना
३४ कोउची केनमा संक्रमित: ७१ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:५७४ मृत्यु:१५ जना
३६.सागा केनमा संक्रमित: २१ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: ६५ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४४ मृत्यु: १ जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: १ जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १३२ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १५० जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६५ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: १६,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।