लिबियामा बम बिस्फोटमा परी २७ जनाको मृत्यु

एजेन्सी,माघ,१०-

लिबियामा गराइएका श्रृंखलाबद्ध बम बिस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । पुर्वी लिबियास्थित बेंघाजी शहरमा एक मस्दिज नजिकै श्रृङ्खलाबद्ध कार बम विष्फोट हँदा २७ भन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

एउटै स्थानमा भएको छुट्टाछ्ट्टै दुई विष्फोटमा कम्तीमा ३० जना घाइते भएको छन् । मृत्यु भएकामा अधिकांश सेना र सर्वसाधारण छन् । पहिलो विष्फोट बेंघाजीको अल–सुलिमनी क्षेत्रमा भएको थियो । मस्जिदमा साँझको प्रार्थना सकेर निस्कने समय सो विष्फोट भएको थियो ।

सोही स्थानमा १५ मिनेटको अन्तरमा अर्को विष्फोट भएको थियो । विष्फोटका कारण वरपरका भवन र सवारी–साधनमा क्षति पुगेको छ । पछिल्लो समय लिबियामा आइएसले गरेको आक्रमणमा वृद्धि भएपनि पछिल्लो आक्रमण भने कसले गराएको भन्ने पुष्टि नभएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।