दैनिक आफिसिएल मेकअप कसरि गर्ने (भिडीयो सहित)

आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ । अनुहारमा आफ्नो अमेरअनुसार न्याचुरल लुक्स कायम गर्न सक्नुपर्छ ।   आफ्नो सुन्दरतामा निखार ल्याउन प्राकृतिक लुक्स कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।  सामान भएर मात्र हुँदैन त्यसलाई उचित तरिकाले प्रयोग गर्न जान्नुपर्छ अन्यथा सुन्दरतामा र्‍हास आउँछ ।

आफिसिएल मेकअप कसरि गर्ने ! (यो भिडीयो हेर्नुहोस् )

Ponds BB Cream दैनिक प्रयोगको लागि एकदमै राम्रो छ । अरु क्रिम जस्तो धेरै भद्दा पनि देखिदैन जसले गर्दा नेचुरल लूक्स देखिन्छ ।यो क्रिम लगाएसि कुनै प्राइमर ,सनक्रिम लागाउनु पर्दैन ।
 
फेस मेकअप : सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग क्लिन्जिङले सफा गर्ने । त्यसपछि ओपन पोर्स बन्द गर्न टोनर लगाउने र  मोइररैज क्रिम लगाउने र त्यसपछि अनुहारमा प्राइमर लगाएपछि बीबी क्रिम  पातलो लेयरमा लागाएर अनुहारमा  पूर्णरूपले क्रिम  ब्लेड गर्ने । त्यसपछि  टान्सल्युसेट पाउडर लगाउने वा पोलिसिङ ब्रसले अनुहार पोलिस गर्ने । अन्त्यमा स्टुडियो फिक्सर लगाउने जसले मेकअपलाई फिक्स गर्छ ।
 

आइमेकअप : आफ्नो  इच्छाअनुसार गाजल वा आइलाइनरले सेप दिने । त्यसपछि  बराउन आइस्याडो लगाउने । त्यसबाहेक मस्काराले आइब्रोको मुन्तिर आकार दिने अनि फेरि ब्रोज ब्रस गर्ने । गालामा गोल्डेन कलरको हाइलाइट लगाउने । अन्त्यमा आखामा मस्कारा प्रयोग गर्ने, मस्कारा जति बाक्लो लगाइन्छ आँखा त्यति नै आकर्षक देखिन्छ ।

लिप मेकअप : अनुहार सफा गरेपछि ओठलाई मुलायम बनाउन लिप बाम लगाई त्यत्तिकै छोड्ने जसले ओठलाई नरम बनाउँछ । मेकअप सकिएपछि ओठको आउटलाइन बनाएर लिपिस्टिक लगाई ग्लस प्रयोग गर्ने ।यसरि सजिलै तरिकाले हाम्रो दैनिक आफिसिएल मेकअप
 पुरा हुन्छ ।

अफिसबाट बेलुका घर पुगेपछि नरिवलको तेलले अनुहार पुस्नुहोस र अनुहार फेसवासले धुनुहोस ।र जुन तपाइको अनुहारमा सुट गर्छ त्यो टोनर र क्रिम र ओठमा लिप बाम लगाउनु होस् ।