भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाण्डौं,बैशाख,२९-

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ ।प्रधानमन्त्री मोदी दिउँसो सो चार बजे स्वदेश फिर्ता हुनु भएको हो ।उहाँलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदाई गर्नु भएको हो ।

शुक्रबार बिहान जनकपुरबाट नेपाल भ्रमण आरम्भ गर्नु भएका मोदीले त्यहाको रामजानकी मन्दिमा पूजा गनूका साथै नगरिक अभिनन्दन कार्यक्रममा समेत सहभागी हुनु भएको थियो । शुक्रबारै उहाँ काठमाडौँ आयोजित ‘गार्ड आफ द अनर’ कार्यक्रममा सहभागी हुनुका साथै प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटवार्ता गर्नु भएको थियो ।

आज बिहान मुक्तिनाथ पुगेका मोदी त्यहाँबाट फर्केपछि पशुपतिमा विशेष पूजा गर्नु भएको थियो ।उहाँले आज नै  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरुसँग भेटवार्ता गर्नु भएको थियो । त्यस्तै उहाँ काठमाडौँ महानगरपलिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा समेत सहभागी भई अपरान्ह पख स्वदेश फिर्ता हुनुभएको हो ।