बैशाख ३० गते देशभर निर्वाचन, चुनावी तयारी पुरा : निर्वाचन आयोग

Image Not Foundकाठमाडौं,बैशाख,२९-स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोग, नेपालले बताएको छ । 

काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन् ।सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसककेको आयोगले बताएको छ ।

काठमाडौंको चाबाहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भएको बताउनुभयो।उहाँले नयाँ मतदाताहरुलाई नमूना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचन सम्बन्धी अन्य जानकारी पनि दिइएको बताउनुभयो।

मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षाको काम बिहीवार दिउँसो ३ बजेसम्म चल्नेछ । त्यसपछिको समयमा भोलि हुने स्थानीय तहको निर्वाचनका लागि बाँकी तयारी सक्ने र मतदातालाई सुरक्षित, भयरहित र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाले बताउनुभयो।

मतदान अधिकृत धमलाले मतदाताहरुलाई सरल तरिकाले बदर नहुने गरी भोट हाल्न सिकाइएको बताउनुभयो । उहाँले निर्वाचन आायेगले एउटा मतदान केन्द्रका लागि उपलब्ध गराएका पाँच कर्मचारी र अन्य तीन जना स्वयंसेवकसहितको टिमले अहिले चुनावका लागि बाँकी तयारीका कामहरु गरिरहेको बताउनुभयो।