नेपालगन्जमा नयाँ पार्टी प्यालेस रेष्टुरेन्टको उद्घाटन

सबै ग्राहकलाई सुलभ दरमा सबै सेवा सुविधा उपलव्ध

बाँके,बैशाख,२९-

नेपालगन्जमा शुक्रबार बाट नयाँ सुविधा जनक ” द किचेन टप्स रेस्टुरेण्ट एण्ड पार्टि प्यालेस” सञ्चालनमा आएको छ । नेपालगन्जको सुर्खेत रोड स्थित उक्त पार्टी प्यालेस हल सञ्चालनमा आएको हो ।

उक्त रेस्टुरेण्टमा थकाली खाना सहित ईन्डियन ,चाइनिज परिकारका खाना र नास्ताको ब्यवस्था रहेको छ । रेष्टुरेण्टमा कार्यक्रम हल, विवाह पार्टी, बर्तबन्ध सहित पारिवारिक बातावरण र फ्री वाईफाईको सुविधा रहेको छ ।

नेपालगंजमा उल्लेखनीय मात्रामा होटलहरुको प्रतीस्पर्धाका बिच पनी यो रेष्टुरेण्ट सबै सुबिधा दिने उद्देश्यका साथ स्थापित भएको हो ।नेपालगंजमा वषौ देखि होटलको क्षेत्रमा काम गर्दै आउनु भएका ईन्द्र बहादुर  थापाको लगानीमा  नँया व्यवस्थापनका साथ यो ” द किचेन टप्स रेस्टुरेण्ट एण्ड पार्टि प्यालेस” सञ्चालनमा आएको हो ।

आफ्नो रेष्टुरेन्टको उद्घाटनका क्रममा प्रो.प्राईटर समेत रहनु भएका थापाले अहिलेको युवा पिढीलाई मध्यनजर गरी उक्त रेस्टुरेण्ट खोलीएको बताउनुभयो । उहाँले भन्नुभयो अब हामी हाम्रो यस रेस्टुरेण्टमा आउने जो कोहि ग्राहक वर्गहरुका लागी पनी चाहिने सेवा सुविधा निकै सुलभ दरमा उपलब्ध गराउने छौं ।

त्यसैले तपाईहरु पनी स्वादिष्ट खाना र छुट्टै आरामदायी पारिवारीक माहोलमा रमाउन चाहानु हुन्छ,भने रेष्टुरेण्टमा उपस्थित हुन सकिने बताउनुभयो । उहाँले यो ” द किचेन टप्स रेस्टुरेण्ट एण्ड पार्टि प्यालेस सुर्खेत रोड स्थित पहिले रहेको पुरानो वाइन डाइन कटेज भएकै ठाउमाँ खुलेकोले उपभोक्तालाई नझुक्किन आउन पनी प्रो. प्राईटर थापाले आग्रह गर्नुभयो ।