नेपालको विश्व कप छनोट खेल सारियो

काठमाण्डौं,फागुन,२६-विश्व कप छनोट खेल फिफा र एएफसी ले कोरोना भाइरसका कारण जुन १-९ २०२० मा हुने खेल सारेको जनाएको छ।यहि मार्च २६ र ३१ तारिक दिन हुने खेल सारिएको हो ।

National Football Team of Nepal

अब नेपालले चाईनिच ताईपे र अष्ट्रेलिया सॅंगको खेल जुन १ र ९ मा खेल्ने भएको छ ।फिफा र एएफसी दुबैले फुटबल खेलहरूमा संलग्न सबै व्यक्तिको स्वास्थ्य उच्च प्राथमिकतामा रहेकोले आगामी खेल स्थगित गरि सारिएको बताएको छ।

तर दुई देश बिच एक अर्कोसॅंग  खेल्ने सहमति भए पहिलेकै मितिमा खेल्न सक्छ तर फिफा र एएफसी दुबैबाट पूर्व अनुमति लिनु पर्ने छ।

फिफा र एएफसीले आफ्नो सदस्य संघहरूको परामर्श पछि आगामी दिनमा यी फिक्स्चरको बारेमा अपदेतस् प्रदान गर्नेछ।

छलफल गरिएका अन्य विषयहरुमा कोरिया रिपब्लिक र चाइना पीआर बीच महिला ओलम्पिक प्ले अफ, साथै एएफसी फुटसल चैम्पियनशिप तुर्कमेनिस्तान २०२० थियो।

फिफाले कोभिड १९ को स्थिति अनुगमन गर्न विश्व स्वास्थ्य संगठन (WHO) र कन्फेडेरेसन र सदस्य संघहरूसॅंग साझेदारी गर्ने बताएको छ । नेपाल स्पोर्ट्स