‘बरु दुई तिहाइ नपुगोस्, मतदानमा लैजाउँ’

काठमाडौं,साउन, ९-

कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् ।

संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा एकमतका साथ उठाएका थिए ।

संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई मत सुनिश्चित नभएका कारण राष्ट्रिय जनता पार्टी ९राजपा० कै परामर्शमा सरकारले विधेयकलाई मतदानमा नलगी स्थगनमा राख्दै आएको छ । स्थगनमा राख्न नहुने पक्षमा स्यवं कांग्रेसका मधेस केन्द्रित नेताहरु नै अग्रपंङ्ती उभिएका छन् ।

पार्टीका मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुको शुक्रबार राजधानीमा सम्पन्न भएको भेलाले समेत संविधान संशोधनलाई मतदानमा लैजानुपर्ने निर्णय गरेको थियो ।

सोही निर्णय मधेसका केन्द्रीय सदस्यले आईतबारको केन्द्रीय कार्यसमितिको बैठकमा पढेर सुनाउँदै त्यसको कार्यन्वयनमा अघि बढ्न प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग आग्रह गरे । आजको कान्तिपुरमा खबर ।