अध्यक्षको टुङगो नहुदा समाचार सम्लेषण गर्न कठिन

म.ब. क्याम्पसको प्रशासनमा ताला

मधु पौडेल
बाँके,साउन,८-
अध्यक्षको टुङगो नहुदाँ समाचार सम्लेषणमा गर्न अप्ठयारो भएको छ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा ताला लागेको छ ।

क्याम्पसमा अनेरास्वीयुका हेमराज शाही द्धारा हस्ताक्षर भएको पे्रस विज्ञप्तीमा विभिन्न माग राख्दै ताला बन्दी गरीएको जनाइएको छ ।

यसै गरी को अध्यक्ष भन्ने कुरालाई लिएर समाचार सम्लेषण गर्नको लागि बुझ्दा बाँकेका अनेरास्वीयु सचिव टेकेन्द्र मल्लले विधान अनुसार कुनै पनि अध्यक्ष माथिल्लो पदमा गइसके पछि उसको पद स्वतः खारेज हुने हुदाँ ज्ञानु बम अहिले केन्द्रिय परिषदमा गइसकेको हुदाँ उहाँ अहिले अध्यक्ष नरहेको र हेम राज शाही नै उपाध्यक्ष अहिलेको अध्यक्ष भएको बताउनु भएको छ ।

हामीले यसमा बारेमा बुझ्न खोज्दा अनेरास्वीयु क्याम्पसका ज्ञानुवमले यसबारेमा आफुलाई केही पनि थाहा नभएको र कस्ले गरेको हो ,गर्ने को हुन आफुलाई थाहा नभएको बताउनु भएको छ । बमले आधीकारीक अध्यक्ष आफु भएको दावी गर्नु भएको छ ।बमका ले भन्नु भयो,“हामीलाई यस बारेमा केही पनि थाहा छैन ,

क्याम्पसको आधिकारीक अनेरास्वुयीको अध्यक्ष म हो र हेमराज शाही उपाध्यक्ष हो ,अतः क्याम्पसमा कुनै पनि प्रकारले बन्द नभएको जानकारी गराउन चाहान्छु ।” हामीले यसबारेमा कुरा गर्दा अनेरास्वीयु बाकेका सचिव टेकेन्द्र मल्लले अहिले क्याम्पस प्रमुख बाहिर गएको हुदा यस बारेमा कुनै छलफल हुन नसकेको हुदा आन्दोलन कति लम्बिने हो यसै भन्न नसकिने बताउनु भएको छ ।

बन्द तथा ताला बन्दीले विद्यार्थीको पठनपाठनमा कुनै नोक्सान नहुने गरी क्याम्पसको प्रशासनमा मात्र ताला लगाएको स्रोतले जनाएको छ ।

सचिव मल्लले नेपाल विद्यार्थी संघले यसमा सहमती जनाउन कुरा भएको बताउनु भएको छ । तर यसबारेमा नेविसंका जिल्ला सचिव चक्र रावतले आफुहरुलाई यस बारेमा कुनै जनकारी नरहेको र अनेरास्वुयिले आफुहरु संग कुनै सम्वाद तथा नगरेको बताउनु भएको छ ।

यसरी क्याम्पसमा रहेको विज्ञप्ती हस्ताक्षरमा हेमराज शाही अध्यक्ष भनेर उल्लेख गरीएको छ भने उता ज्ञानु बमले आफु नै आधीकारीक अध्यक्ष भएको बताउनु भएको छ ।

उहाँले क्याम्पसमा दिएको विज्ञप्तीको बारेमा यसो भन्नु भयो,“ एउटा खाली पेपरमा लेखेर दिएको छ , अनेरास्वुयीको आधिकारी लेटर प्याड भएको हुदा यसले प्रस्ट पारेको छ कि बन्द अनेरास्वीयुको होइन।” उहाले भन्नु भयो ”यदी बन्द गर्ने भए पनि यसको बारेमा छलफल हुनेछ ” ।

क्याम्पस प्रसासनमा ताला लागेको छ र विज्ञप्तीमा सबै संकायको नियमित पठनपाठन हुनु पर्ने , विएसी ,विएसी सिएएम मा ल्यावको व्यवस्था हुनु पर्ने ,होस्टेल व्यवस्थापन अविलम्व हुनु पर्ने , पुस्तकालयमा पुस्तकको व्यवस्था हुनु पर्ने , पुस्तकालयमा विहान संचालन हुने पर्ने , डिग्रीका कक्षाहरु नियमित हुनु पर्ने ,

सबै कक्षाकोठामा वत्ती र पङखाको व्यवस्था हुनु पर्ने , क्याम्पस परिसर भित्र सरसफाई हुनु पर्ने मागहरु राखीएको छ ।क्याम्पसको प्रसासनमा लागेको ताला कहिले खुल्ले हो भन्न सक्ने अवस्था रहेको छैन ।