माधव नेपालले भने मधेशका केही नेता चुनावबाट डराएर बहानबाजी गर्दैर्छन्

रामेछाप,साउन,८-
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नसकिने बताउनुभयो ।

उहाँले वर्तमान समय स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संसोधनको काम गर्न नसकिने बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा पुष्पलालको जन्मस्थल भँगेरी पुगेका नेपालले संविधान संशोधन मधेशी जनताको माग नभई केही मधेशवादी नेताको मात्र अडान रहेको बताउनुभयो ।

प्रेस चौतारी रामेछापले भंगेरीमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री नेपालले मधेशका केही नेता चुनावदेखि डराएर अनेक बहानाबाजीमा उत्रिएका आरोप लगाउनुभयो ।

नेता नेपालले अबको प्रदेश र संघको निर्वाचनमा एमाले बहुमतको शक्ति बनेर सरकार स्थायी सरकार चलाउने दाबी गर्नुभयो। एमालेको सहि नीति बिचार र कार्यक्रमका कारण जनताले मत दिएर ठूलो पार्टी बनाएको बताउनुभयो  । उहाँले २ नं प्रदेशको चुनावमा पनि एमाले पहिलो पार्टी हुने दावी गर्नुभयो ।