सत्तारुढ दलकै सांसदद्वारा संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

काठमाडौं, फागुन १५ – सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि सत्तारूढ दलकै सांसदहरूले संशोधन दर्ता गराएका छन् ।पाँच नम्बर प्रदेश विभाजन गर्ने संशोधन विरुद्ध उभिदै आएका नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रका एक जना सांसदले संशोधन हालेका हुन् ।

कांग्रेस सांसदहरू चन्द्र भण्डारी, धनराज गुरूङ र अमरसिंह पुन तथा माओवादी केन्द्रका टोपबहादुर रायामाझीले संशोधन विधेयकमा संशोधन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् । गुल्मीका भण्डारी, रोल्पाका पुन, अर्घाखाँचीका रायमाझी र स्याङ्जाका गुरुङले पाँच नम्बर प्रदेश विभाजन सम्बन्धि बुँदा खारेज गर्न माग गरेका छन् ।

उता, संशोधन प्रस्तावको विरोधमा उभिदै आएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित ५ दलहरूले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिराहा जिल्ला समेटेर आठौं प्रदेश बनाउनुपर्ने तथा नवलपरासी जिल्ला विभाजन गर्न नहुने माग गरेका छन् ।साभार ईमेजखबरबाट