भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ता नेपालमा,लगानी सम्मेलनको तयारी पूरा

काठमाडौँ, फागुन १५-लगानीको सम्भावनालाई उजागर गर्ने उद्देश्यले फागुन १९ र २० गते हुने लागेको ‘नेपाल लगानी सम्मेलन’मा चीनका लगानीकर्ताको सबैभन्दा बढी सहभागिता हुने भएको छ।पछिल्लो समय चीनले नेपालमा लगानी बढाउँदै गएकाले सरकारले गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको संख्या बढी देखिएको हो।

नेपाल लगानी बोर्डका अनुसार चिनियाँ लगानीकर्ताले ठूल्ठूला उद्योगदेखि कुखुरा फार्ममा समेत लगानी गरेका छन्। त्यसैका कारण पनि १९ गतेदेखि हुने सम्मेलनमा चिनियाँ लगानीकर्ताको ओइरो लागेको उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए। मन्त्री जोशीका अनुसार चीनबाट ८९ जना लगानीकर्ता लगानी सम्मेलनमा आउँदै छन्। त्यसपछि दोस्रो नम्बरमा भारतीय लगानीकर्ता नेपाल आउने भएका छन्।

भारतबाट २१ जना लगानीकर्ताले भाग लिने मन्त्री जोशीले जानकारी दिए। मन्त्री जोशीले श्रींलकाबाट २०, मलेसियाबाट १४, जापानबाट १५, क्यानडाबाट १२, हङकङबाट १०, इङ्ग्ल्यान्डबाट ८, दक्षिण कोरियाबाट ८, भियतनामबाट ८, रुसबाट ७, अमेरिकाबाट ६, सिंगापुरबाट ३, टर्कीबाट ३, बंगलादेशबाट २, भुटानबाट २, फान्सबाट २, इरानबाट २, अष्ट्रेलियाबाट १, फिन्ल्यान्डबाट १, इटालीबाट १, मकाउबाट १ र स्पेनबाट १ गरी २ सय ३७ जना विदेशी लगानीकर्ताले सम्मेलनमा भाग लिने जनाइएको छ।

उनका अनुसार ३ सय भन्दा बढी स्वदेशी उद्योगी व्यवसायीको सहभागिता हुने छ। त्यसैगरी सम्मेलनमा करिब ८ सय भन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकले दाबी गरेको छ। नेपालमा लगानीका लागि वातावरण अनुकूल भएको भन्ने सन्देश प्रवाह गर्न सम्मेलन आयोजना गर्न लागिएको मन्त्री जोशीको भनाइ छ। ‘सम्पूर्ण देश आर्थिक विकासमा होमिएको बेला हो,’ मन्त्री जोशीले भने, ‘यस्तो बेला राज्यले व्यवसायीमैत्री कानुन समेत ल्याउने तयारी गरेको छ।’
‘नेपालको अवसरलाई सदूपयोग गरौं,’ भन्ने मुल नाराका साथ सम्मेलन आयोजना हुन लागेको हो।

सम्मेलन अवघिभर ‘विजनेश टु विजनेश ९बीटुबी’ छलफल र गर्भमेन्ट टु बिजनेश ९जीटूबी० छलफल समेत गर्ने मन्त्री जोशीले जानकारी दिए। उकान अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा ९ वटा विषयमा छलफल हुने छ।
मन्त्री जोशीका अनुसार सम्मेलनमा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि, तथा वन पैदावारलगायत क्षेत्रगत विषयमाथि छलफल हुँदै छ।

उद्योग मन्त्रालय र लगानी बोर्डको सयुक्त आयोजनामा हुन लागेको सम्मेलनको तयारी समेत पूरा भएको छ। दुई दिने उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालमा लगानीका सम्भावनाका क्षेत्रहरु, लगानी आकर्षित गर्न नेपालले अघि बढाएका नीतिगत, प्रसाशनिक एंव कानुनी सुधारका प्रयासहरु तथा यहाँ लगानीका तुलनात्मक लाभका बारेमा गहन छलफल हुने छन्।

सम्भावित विदेशी तथा स्वदेशी लगानीकर्ता, नेपालमा रहेका विदशी लगानीकर्ता, नेपालस्थित विदेशी कुटनीतिक नियोगहरु, विकास साझेदार संस्था, क्षेत्रगत विज्ञहरु, सरकारी सरोकारवाला निकाय, निजीक्षेत्रलगायतलाई लक्षित गर्दै सम्मेलन आयोजान गर्न लागिएको मन्त्री जोशीले जानकारी दिए।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने छन्। त्यसैगरी, प्रमुख बक्ताको रुपमा भारतीय अर्थमन्त्री अरुण जेट्ली, एसियाली पूर्वाधार लगानी बैंकक अध्यक्ष जीन लिक्वानको सहभागिता रहने छ।साभार नेपाल खबरबाट