आज नेपालगन्ज महोत्सवमा अशोक दर्जी,टंक बुढाथोकि र एआर आउने

नेपालगंज,माघ,२-

दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को सातौ दिन आज बुधबार बहुचर्चित बालगायक अशोक दर्जी , गायक टंक बुढाथोकी र ए आर बुढाथोकी लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क उनिहरु कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन ।

दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रम सहभागी हुन उनिहरु मंगलबार बार नै नेपालगन्ज आइपुगेका छन् । बुधबार उनिहरुले चर्चित गीत मन बिनाको धन ठूलो , चौरिको चाम्रो छुर्पी, रुपैमोहनी, कसरी कसरी लगाएतका गीतहरु प्रस्तुत गर्ने छन।
बुधबार करिब २५ हजार दर्शकले महोत्सवको अबलोकन गर्ने आयोजक ले अपेक्षा लिएको छ ।

त्यस्तै नृत्य प्रतियिगिताको दोस्रो दिनको मेगा राउन्डको लागि पनि बुधबार प्रतियोगिता हुने छ । नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि २० जना प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गर्ने छन।मेलाको छैठौ दिन सम्म आइपुग्दा सबै भन्दा बढी दर्शक मंगलबार रहेको आयोजकका अध्यक्ष नन्द बुढाले बताए।

बुढाका अनुसार मंगलबार करिव २० हजार भन्दा बढि दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।आज बुधबार पनि स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने महोत्सव माघ ८ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ।