गृह जिल्ला नेपालगन्ज महोत्सवमा गोपाल नेपाल जिएमलाई दर्शकहरुको यति धेरै माया

नेपालगंज,माघ,१-

नेपालगन्ज महोत्सवको छैठौ दिन मंगलबार चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएमले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए।

माघी बिदाको दिन पारेर महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो।

गायक जिएमले आफ्नो गृह जिल्लामा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए। पौष २६ देखि सन्चालनमा आएको महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकले जनाएको छ।