नेपालगन्ज महोत्सवमा माग्नेले हसाए अनि गोपालले झुमिझुमी नचाए

नेपालगंज,माघ,१-

नेपालगन्ज ममोत्सवको छैठौ दिन मंगलबार बहुचर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढा , सितादेवी तिमिल्सिना र चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जिएमले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।

चर्चित गीत साउदी मलेसिया गाउदै स्टेज उक्लेका गायक जिएमले नक्कलि मोरि , आइएमई गर , मारामार , थरुनिको माया, उल्काभो लगाएतका दर्जनौ गीतजरु गाएर उपस्थित दर्शकहरुलाई झुमी झुमी नचाएका थिए। मनोरन्जन दिनुका साथै सबैका आखामा आँसु रसाउने बनाएकी थिइन।

त्यस्तै मेलाका प्रमुख आकर्षक माग्ने बुढा र सितादेवीले पनि दर्शकहरुलाई पेट मिचिमिची हसाएका थिए। संदेशमुलक प्रहशन प्रस्तुत गरेका माग्नेले हसाउदा दर्शकहरुले धेरै साथ दिएका थिए।
त्यस्तै प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार आज मेगा राउन्डको प्रतियोगिता पनि सम्पन्न भएको थियो। जसमध्ये ३ जना बाहिरिएका थिए।

साथै मेलाको सातौ दिन माघ २ गते चर्चित गायक अशोक दर्जी , टंक बुढाथोकी र ए आर बुढाथोकी लगाएतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमले जनाएको छ ।