आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं,माघ,१-

आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आज देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ ।

खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।

यस्तै मगर समुदायले माघी पर्वलाई महाव चाडको रुपमा मनादै आएका छन्  । देश विदेशमा रहेका मगर समुदायले यस पर्व एकै साथ मनाए पनी प्रवासमा रहेका मगर समुदायले भने समयलाई मध्यमजर गर्दै केहि अगाडी पछाडी मनाउने गरेका छन् । यसैगरी जपानको फुकुओकामा रहेका मगर समुदायले पुस २९ गते धुमधामसंग मनाएका थिए ।

मगर समुदायले माघि पर्वमा बिशेष चेलीबेटी बोलाइ घरमा खुसिका साथ खानपिन र रमाइलो पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात सक्रान्ती कै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने मगर संस्कृतीमा चलन छ ।

यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को फुल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।