नेपालगन्ज महोत्सवमा आज हास्यकलाकार माग्ने बुढा र गोपाल नेपाल जिएम आउने

नेपालगन्ज,माघ,१-

एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज छैठौ दिन बहुचर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे ९ माग्ने बुढा० र चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम आउने भएका छन।

त्यस्तै नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि पनि आजै नृत्य प्रतियोगिता हुने प्रचारप्रसार समितितिका संयोजक सुनिल रेग्मिले जानकारी दिए।

साथै रेग्मिका अनुसार आज हुने नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि २० जना प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गर्ने छन।आज पनि स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।