समाजसेवी उपप्रमुखद्धारा आफ्नै तलबभत्ता बाट शारीरिक अपाङ्गतालाई लत्ताकपडा बितरण

कोहलपुर,पौष,३०-

चिसो मौसमको बेलामा मानिसहरुलाई खान भन्दा न्यानो कपडा लगाउन र ओड्न अति आवश्यक रहेको हुन्छ ।

आज कोहलपुर नगरपालिका कि उपप्रमुख सन्जु कुमारी थारुले आफनो तलबभत्ताबाट केही रकम कटाएर शारीरिक अपाङ्गता भएकाहरुलाई वितरण गरेकी छिन् ।

आज कोहलपुरमा अपाङ्ग नव जीवन केन्द्रको समन्वयमा उपप्रमुखको आर्थिक सहयोगमा १५ जना जति शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा न्यानो सिरक वितरण गरिएको थियो ।