शान्ती श्रीले बोलमाया गाउँदा नेपालगन्ज महोत्सवमा सबका आँखा रसाए

नेपालगन्ज,पुस,३०-

नेपालगन्ज ममोत्सवको पाचौ दिन सोमबार बहुचर्चित लोकदोहोरि गायिका शान्ती श्री परियारले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिनुका साथै सबैका आखामा आँसु रसाउने बनाएकी थिइन।

बहुचर्चित गीत बोलमाया गाउँदै स्टेज उक्लेकी गायिका परियारले बोलमाया, मायामा राजनीती भो, नौजाले माया लगाएतका दर्जनौ गाएर दर्शकहरुलाई नचाएकी थिईन भने बोलमाया गीत गाउँदा दर्शकहरु स्तब्ध भएका थिए।

त्यस्तै प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार आज दोस्रो दिनको क्वाटर फाइनलको लागि नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो। उक्त प्रतिगितामा जम्मा २३ जनाले प्रतिस्पर्धा गरेका थिए। जस मध्ये ४ जना आजको रावन्डबाट बाहिरिएका थिए।

भोलि मंगलबार महोत्सवको छैठौं दिन बहुचर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढा सङ्गै चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जि।एम आउने आयोजकले जनाएको छ।