बम विस्फोटबारे गृहमन्त्री बादलद्धारा संसदलाई जानकारी

विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिबद्ध रहेको भनाई

काठमाण्डौं,जेष्ठ,१३-

गृहमन्त्री : राम बहादुर थापा बादल

गृहमन्त्री राम बहादुर थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनु भएको छ । राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे आज सोमबार  संसदलाई जानकारी दिँदै उक्त कुरा बताउनु भएको हो । 

उहाँका अनुसार राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

विप्लव समूहको बन्द र आपराधिक गतिविधिले शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको जानकारी दिनुभयो ।गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपा विप्लव समूहलाई समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको  बताउनुभयो ।