मोडल नरेश बोहोराको खुशी लुटियो

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,१-
पछिल्लो समयमा मोडल नरेश बोहोरा सफलताको शिखर चुम्दै छन् ।एक पछि अर्को गर्दै बोहोराको अभिनयमा गितहरु बजारमा आईरहेका छन् । यसैक्रममा बोहोराको अभिनयमा “गयौं तिमी खुशी नै लएर” बोलको गित सार्बजनिक भएको छ ।

गोरी सर्बुजा मगरको प्रस्तुती रहेको यस गितको शव्द सिर्जना स्वयम बोहोराले नै गरेका छन् भने लय सिर्जना प्रदेशमा रहेर लोकगित संगितलाई माया गर्ने सर्जक सुरज  परियारको रहेको छ ।यस गितमा गायक कृष्ण अखेली र गोरी सर्बुजा मगरको सुमधुर स्वर रहेको छ ।

बोहोरा लाई अभिनयमा चर्चित मोडल अजली अधिकारीले साथ दिएकी छिन् । निर्देशक प्रेम थापाले निर्देशन गरेका छन् । करन चैसिंरको छायांकन रहेको यस म्युजिक भिडियो लाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।

कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्गले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई हमाल म्युजिकले बजार व्यवस्थापन गरेको छ ।