दाङमा क्यान्सरको अवस्था नाजुक

सिफारिस लिन आउनेको सङख्या दिनानुदिन बढदै

रोशन घर्ती/
दाङ,फाल्गुन,६-
दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक भएको जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीले बताएको छ । सरकारले पछिल्लो समययता आठ प्रकारका नसर्ने रोगका लागी उपचार खर्च दिने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि सिफारिस लिन आउनेको सङख्या दिनानुदिन बढदै गएको सुचना अधिकृत मदन पौडेल बताउनुभएको हो ।

पछिल्लो समय जनता जागुरुक भएको र साथै जिल्लामा सिफारिस लिन आउनेको सङख्या बढेको कारण पनि जिल्लामा क्यान्सर बिरामी बढेको पाईएको पौडेल बताउनुभयो । यसरी दाङमा क्यान्सरको अवस्था नाजुक हुदै गएपछि विभिन्न विद्यालय लगायतका क्षेत्रमा विभिन्न सचेतना मुलुक कार्यक्रमहरु गरीरहेको समेत बताउनुभयो ।

विभिन्न स्वास्थ चौकी एंव अस्पतालका नजिक पर्ने विद्यालयहरुमा गएर यस सम्बन्धी सचेतना कार्यक्रम समेत गर्दै आएको बताउनुभयो । अहिले मान्छेहरुमा खानपिन का साथै दैनिकीमा खास ध्यान नदिदा र नियमित व्यायामहरु न्गर्ने भएका कारण पनि क्यान्सर बिरामी बढेर गएको हुन सक्ने बताउनुभयो ।

साथै सो सिफारीस आउनका बिरामी सिकिस्त भई अस्पताल भर्ना भईसकेपछि सम्बन्धीत अस्पतालले क्यान्सर हो भनी प्रमाणित गरीसकेको पत्र वा ओपिडी टिकटमा डाईगोनिस्टिक गरेको र सम्बन्धित गाउँपालिका नगरपालिकाको वडा बाट लिएको सिफारीस पत्र नागरीता वा जन्मदर्ताको कागजपत्र रु १० को टिकट टासेर जिल्ला जनस्वास्थ्यमा एउटा फर्म भरीसकेपछि जिल्लामा निशुल्क उपचारका लागी रहेको समितीबाट जिल्ला प्रमुख अधिकारीको अध्यक्षतामा बैठक बसिसकेपछाडी उसले पाउने रकम बराबरको सम्बन्धीत अस्पतालबाट सुवीधा पाउने व्यवस्था रहेको समेत सुचना अधिकृत पौडेल बताउनुभयो ।

दाङमा क्यान्सरका लागी सिफारीस लिन आउनेमा बर्ष २०७४मा मात्रै ७४ जना क्यान्सर बिरामीले सिफारीस लगेको बताएको छ । जसमध्ये महिला सङख्या ३९ र पुरुष सङख्या ३५ रहेको बताएको छ । सम्पुर्ण उमेर समुहका मानिसमा क्यान्सर पाईएको र ४० बर्षभन्दा माथीका लागी बढी क्यान्सर पाईएको बताउनुभयो ।

साथै दाङमा पछिल्लो समय महिलामा बढि क्यान्सर भेटिएको छ । महिलाहरुमा पाठेघरको क्यान्सर र स्तन क्यान्सर बढि पाईएको साथै पुरुषहरुमा भने आन्द्रा,पिसाब थैली प्रोटेस्ट क्यान्सर बढी रहेको बताउनुभयो । पछिल्लो समय सरकारले क्यान्सर,मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासीक भत्ता स्वरुप व्यवस्था गरेको भने सुनिएता पनि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा भने त्यस्तो कुनै प्रकारको निर्देशिका नआएको पौडेल बताउनुभयो ।

माननिय प्रधानमन्त्री ज्युबाट राजधानी स्थित विर अस्पतालमा ५ हजारको दरमा रकम दिएको भन्ने कुरा आएता पनि यस बारे यथेष्ट कुनै पनि प्रकारको सुचना नआएको बताउनु भयो। अहिले कुरा गसिप बनिरहदा पिडीत जानकारी लागी आउदा सम्झाएर फर्काउन समेत गाह्रो रहेको बताउनुभयो ।

साथै सरकारले नसर्ने रोगहरुमा अल्जाईमर,क्यान्सर,ब्रेन ट्युमर,मुटु रोग,मृगौला,सिकल सेल,स्पाइनल इन्जुरी,हेडइन्जुरीका बिरामीहरु औषधी उपचारका लागी समेत जिल्ला जनस्वास्थ कार्यालय दाङबाट सिफारीस पाउने पौडेलले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ कार्यालय दाङको तथ्याङ्क अनुसार अल्जाईमर १ जना,क्यान्सर ७४ ,ब्रेन ट्युमर ३,मुटु रोग ६० ,मृगौला ३८ ,सिकल सेल २९ ,स्पाइनल इन्जुरी ५ ,हेडइन्जुरी ८ जनाले सिफारीस लगेका छन ।