सरकार र राजपाका नेताहरुविच तीन बुँदे समति

काठमाण्डौं,साउन,२७-

सरकार र राजपाका नेताहरुविच भएको छलफलमा तीन बुँदे सहमति भएको छ । बैठकले निक्कै लामो अन्यौलताबाट गुज्रिरहेको राजनीतिकमा सफलता प्राप्त गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफलमा तीन बुँदे सहमति भएको हो  । सहमति अनुसार अव राजपा पनि असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा सहभागि हुने भएको छ ।

सहमति अनुसार पास फेल जे भएपनि संसदमा विचाराधिन संविधान संसोधन विधयेकलाई प्रकृयामा लगिने भएको छ । त्यस्तै सर्वोच्च अदालतको फैसला अनुसार स्थानीय तहको संख्या थप बारे पुरानै निर्णय अनुसार गरिने भएको छ ।

राजपाले पनि चुनावमा भाग लिने प्रतिवद्धता जनाएको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सनाले जानकारी दिनुभयो ।