पोखरेली समाजको अध्यक्षमा अछरी पोखरेल

के-पी- घिमिरे/
नेपालगन्ज,जेष्ठ,१९-
विभिन्न जिल्लाबाट अाई बाँके जिल्लामा बसोवास गर्ने पोखरेलीहरुको अाज भएको भेलाबाट अध्यक्षमा अछरी पोखरेल सर्वसम्मतिले चयन हुनु भएको छ ।अाज बिहान ८ बजे देखि नेपालगन्ज स्थित अार्दश मा-वि-मा भएको भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

जसमा अध्यक्षमा अच्छरी पोखरेल, उपाध्यक्षमा शरद पोखरेल, सचिवमा बिण्णु पोखरेल, कोषाध्यक्षमा सुष्मा सुवेदी (पोखरेल ) सदस्यहरुमा क्रमश भरत पोखरेल, छवि पोखरेल , गुरुप्रसाद पोखरेल , रुचा पोखरेल , हरिमाया पोखरेल , पूर्णचन्द्र उपाधयाय (पोखरेल),रत्न खत्री ( पोखरेल) चयन हुनु भएको छ ।

त्यसै गरी सल्लाहकारमा डा- कुमार पोखरेल, ईश्वर पोखरेल, कृण्णप्रसाद पोखरेल, मणि कुमार पोखरेल, लाल बहादुर खत्री ( पोखरेल) चयन हुनु भएको छ ।नयाँ बनेको कार्यसमितिले अन्य जिल्लामा रहेका पोखरेली समाजहरुसंग सहकार्य गरेर काम गर्ने अध्यक्ष पोखरेलले बताउनु भयो ।

उक्त समाज सञ्चालन गर्नका लागि भेलामा उपस्थित केही व्यक्तिहरुले रु २७००० सत्ताईस हजार अार्थिक सहयोग पनि गर्नु भएको कोषाध्यक्ष सुष्मा सुवेदी (पोखरेल) ले बताउनु भयो ।