अग्नी नियन्त्रण तथा उद्धार तालिम

नेपालगञ्ज,जेठ,१९-

आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सो तालिम शुरु गरिएको हो । प्रत्येक वडाबाट दुई जना समेटने गरि ५० जनाको सहभागिता रहेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आगलागीबाट हुने जनधनको क्षती जोगाउने जिम्मेवारी सबैको भएपनि तालिमप्राप्तपछि सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो । हरेक खाले विपदबाट जोगीने र जोगाउने बातावरण सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो ।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले सैद्धान्तिक ज्ञानसँगै प्राविधिक ज्ञान र आवश्यक स्रोत साधनको जोहोमा उपमहानगरले विशेष ध्यान दिने बताउनु भयो ।

तालिममा दमकल परिचालन, चुनौती, अग्नी नियन्त्रण, मानव उद्धार, व्यक्ति सुरक्षा, सामाग्रीको सही प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइने प्रशिक्षक एवं जुद्ध वारुण यन्त्रका कार्यालय प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिनु भयो ।अध्यन केन्द्रका फोकल पर्सन राजन केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास पनि सीकाइने छ ।