शिक्षा युनेस्को क्लबद्धारा शैक्षिक सामग्री बितरण

बाँके,जेठ,१९-

नेपालगंज उपमहानगरपालीका वडा न. २ को आर्थिक सहयोग र शिक्षा युनेस्को क्लब बांकेको आयोजनामा शुक्रबार होटेल रेडिसनमा एक कार्यक्रम बिच नेपालगंज उपमहानगरपालीका वडा न.२ स्थित २ वटा सामुदायिक बिद्यालयका २१ जना पिछडिएका बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री (कपि, कलम, एक जोर स्कुल पोशाक) बितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी वडा न.२ का वडा अध्यक्ष सुनिल सिह  हमालले सामुदायिक बिधालयहरुमा यस्ता बिपन्न बर्गका बालबालिकाहरुको संख्या धेरै नै  भएको बताउनुभएको छ । उहाँले वडाबाट पहिलो पटक छुत्ट्टाएको शिक्षा तर्फको रकम सारै नै थोरै भएकोले आगामी बर्षहरुमा वडाले विशेष ध्यान दिदै अझ प्रभावकारी काम गर्दै जाने बताउनुभयो ।

यस्तै: वडा सदस्य धुर्ब दहाल, राम कुमार वैश्य,ने.रा. आधारभुत बिधालय घरबारी टोल ब्यबस्थापन समितिका अध्यक्ष प्रनिल सिंह हमाल, प्र.अ. ललिता उपाध्याय, वडा सचिब खेमराज सुवेदी लगायतले शिक्षा क्षेत्रमा सुधार सहित बिपन्न बर्गका विद्यार्थीहरुका लागि बिशेष कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ ।

क्लबका अध्यक्ष चक्र बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शान्ती देबि परियार,प्र.अ. हिरा श्रेष्ठ पि.टि.ए. अध्यक्ष मणिराम बटाला, समाजिक परिचालिका तुल्सा पन्त, शिक्षक ललिता श्रेष्ठ , बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन क्लबका सचिब शोभा गुरुङले संचालन गर्नु भएको थियो ।