ओलीको पार्टी ‘डुप्लिकेट’हो,सडकमा पनि एक तिहाइ मात्र छ: प्रचण्ड-माधबको टिप्पणी

लेखराजलाई मैले हुर्काए,पटक–पटक मन्त्री बनाए अहिले ओलीको दलाल भयो : प्रचण्ड

काठमाडौं,माघ,१७-प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभामा केपी शर्मा ओली पार्टीमा मात्रै नभएर सडकमा पनि एक तिहाइमात्रै भएको बताउनु भएको छ ।

सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै/घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उहांको भनाइ थियो। उहाले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एक तिहाइमात्रै हो भन्ने आजको प्रदर्शनले सावित गरिदिएको बताउनुभयो ।

यसैबिच :उहांले ओली समूहमा गएका पूर्व माओवादी नेता लेखराज भट्टमाथि कडा टिप्पणी गर्नु भएको छ ।अध्यक्ष प्रचण्डले नेता भट्टको नाम नलिइकन आफूले हुर्काएको र पटक–पटक अवसर दिएर मन्त्री बनाउँदै यहाँसम्म ल्याएको मान्छे ओलीको वरिपरि घुम्न गएको बताउनुभयो ।उहांले ओलीलाई दलाल भएको बताउँदै भट्ट दलालको पनि दलाल भएर गएको बताउनुभयो ।

‘मैले हुर्काएको, पटक पटक अवसर दिएको, मन्त्री बनाएको मान्छे, जसलाई तपाईंहरुले नायक भन्नुहुन्थ्यो, मैले पनि तपाईहरुको नायक यही हो भन्थे’, उहांले भन्नुभयो, ‘तिनी त अहिले त कता हो कता सोच्नै नसकिने गरी गए। केपी ओलीको वरिपरि घुम्ने भए। केपीको दलाल भए, केपी आफै दलाल हुन दलालको पनि दलाल भए।’उहांले आफूले भट्ट ओली समूहमा गएको पत्यार नलाग्दो घटना भएको बताउनुभयो ।

उहांले आफूलाई सुदूरपश्चिमका जनता भट्टको पक्षमा लाग्छन् कि भनेको उनको भन्डाफोरमा लागेको भन्दै धन्यवाद दिनुभयो।‘यो विचलित भयो भनेर बुझ्नु हुन्न कि, धेरै नि भ्रममा परेर जानुहुन्छ कि भनेर दुई÷चार रात त मलाई टेन्सनै भएको थियो’, उहांले भन्नुभयो, ‘पछि मैले थाहा पाएका यहाँका हाम्रा नेताकार्यकर्ता ९५ प्रतिशत हलिएका छैनन्, भन्ने थाहा पाउँदा मेरो छाति गर्वले फुलेको छ, तपाईहरुलाई भन्यवाद भन्न चाहन्छु।’ 

त्यसैगरी : अर्का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी ‘डुप्लिकेट’ भएको बताउनु भएको छ। विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सय जना केन्द्रीय सदस्य लिएर ओलीले डुप्लिकेट पार्टी चलाइरहेको बताउनुभयो ।

‘जहाँ ४४० को बहमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुन्छ’, उहाले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई सबै सदस्यलाई बोलाएर सोध्न भनेका छौँ।’

Image may contain: one or more people, people on stage, people standing, crowd, sky and outdoor

उहाले ४४०मध्ये सय जना पनि नभएको ओलीको पार्टी डुप्लिकेट भएको बताउँदै त्यहाँ गएकालाई फर्किन आग्रह समेत गर्नुभयो ।

‘४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग सय जना पनि पुग्दैनन्, सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट?’, उहाले भन्नुभयो, ‘केपी ओलीको पार्टी त डुप्लिकेट पार्टी हो, नक्कली पार्टी हो, त्यहाँ कोही जानुभएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ।’अध्यक्ष बहुमत भएकै पक्षमा सूर्य चिन्ह हुने भन्दै सूर्य चिन्ह आफ्नो पक्षले आउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Image may contain: one or more people, people on stage, people standing, crowd and outdoor

उहाले अध्यक्ष ओलीको चरित्र कम्युनिस्ट नभएको र उनी कम्युनिस्ट सक्ने अभियानमा सक्रिय भएको आरोप लगाउनुभयो ।उहाले प्रतिनिधि सभाको पनस्र्थापन हुने र केपी युगको अन्त्य हुने दावी गर्नुभयो ।उहाले आफूहरु उदाउँदो सूर्य र केपी ओली अस्ताउँदो सूर्य भएको बताउनुभयो ।

उहाले ओलीले एमाले र बहुदलीय जनवादको भ्रम छर्ने काम गरेको एमाले र माओवादी मिलेर नयाँ पार्टी बनेको भन्दै अब इतिहासमा फर्कन नमिल्ने बताउनुभयो ।

Image may contain: 4 people, people sitting