प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

फाईल तस्विर !!

काठमाडौं,माघ,१७-प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नु भएको छ।भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक सिटीहलको प्रधानमनत्री ओलीले शनिबार दिउँसो शिलान्यास गर्नु भएको हो ।

शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो। देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण शुरु गरेको हो।

सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो। सोही जग्गामा सिटीहल निर्माण थालिएको हो। सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ। 

सहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी थिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गर्नु भएको थियो ।