बालबालिकाका लागि उदघोषण तथा भित्ते पत्रिका लेखन तालिम

नेपालगञ्ज,जेठ,१६-

नगरका बालबालिकाका लागि उदघोषण तथा भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम सञ्चालन गरिएको छ । नगरस्तरिय बाल क्लव सञ्जालका सदस्यहरुका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिने तालिम सञ्चालन गरेको हो ।

तालिम उदघाटन समारोहमा बोल्दै नगर प्रमुख डा धवल शम्शेर राणाले उदघोषण, भित्ते पत्रिका तालिमले नेतृत्व विकासमा मद्यत पु¥याउने भन्दै बालबालिकाको विकासका लागि उपमहानगरपालिका सम्वेदनशिल रहेको बताउनु भयो ।

बालबालिकाको शिक्षा र प्रतिभा प्रवद्र्धनमा उपमहानगरपालिकाले विशेष पहल गरिरहेको समेत उहाँले विश्वास दिलाउनु भयो । नेपालगञ्ज उपमहानगरपालिकाका महिला शाखा प्रमुख घटना शाहको अध्यक्षतामा भएको कार्यक्रममा आशा शाहीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

३० जना बालबतालिकाको सहभागिता रहेको तालिममा सञ्चार, आमसञ्चार, उदघोषणकला, उदघोषकमा हुनुपर्ने गुणहरु, भित्ते पत्रिका प्रकाशन, लेखन आदि विषयमा प्रशिक्षण दिइनेछ । तालिमको प्रशिक्षकको रुपमा शुक्रऋषि चौलागाई, ओबीराज आचार्य र विशाल रानामगर रहनुभएको छ ।