राहत शिक्षकद्वारा मुख्य मन्त्रीलाइ ज्ञापनपत्र

के-पी-घिमिरे/

बुटवल,बैशाख,१४-
प्रदेश नं. ५ मा कार्यरत राहत शिक्षकहरुको भेलाले आज मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश न ५ का बरिष्ठ उपाध्यक्ष बोम बहादुर कुवँरको नेतृत्वमा केन्द्रीय कमिटीको निर्देशन बमोजिम एक कार्यक्रमका बिच प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा आफ्ना मागहरु पूरा गर्नका लागि दबाबका लागि उक्त ज्ञापनपत्र बुझाएको बरिस्ठ उपाध्यक्ष कुवँवरले बताउनुभएको हो ।

ज्ञापनपत्रमा राहत शिक्षकहरुलाइ स्थायी गर्नुपर्ने , दरबन्दी मिलान गर्नुपर्ने , प्रदेश भित्र सरुवा हुनुपर्ने लगायतका मागहरू रहेका छन । बरिष्ठ उपाध्यक्ष बोम बहादुर कुवरका अनुसार राहत कोटामा कार्यरत सम्पुर्ण शिक्षकहरुलाई स्थायी गर्नुपर्ने माग तत्काल पुरा नगरे अन्य आन्दोलनका कार्यक्रम घोषणा गरिने बताउनुभएको थियो ।

ज्ञापनपत्र