इयुलाई ओलीको झटारोः धर्म प्रचार गर्न नपाएको रिस पोखियो

काठमाण्डौं,चैत,११-

प्रधानमन्त्री केपी शर्मा ओलीले युरिपियन युनियनद्वारा सार्वजनिक निर्वाचन सम्बन्धि प्रतिवेदन प्रतिशोधपूर्ण रहको बताउनु भएको छ । प्रतिवेदनबाट नेपाली जनताले हेपिएको महशुस गरेको बताउँदै उहाँले धर्म प्रचारकलाई फिर्ता पठाइएको बदलामा इयुको प्रतिवेदन आएको दावी गर्नुभयो ।

‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले फिर्ता पठाएपछि प्रतिशोध साँध्न यस्तो प्रतिवेदन ल्याइएको हो’, उहाँले भन्नुभयो ,‘इयुको प्रतिवेदनबाट मैले हेपिएको महशुस गरेको छु, नेपाली जनताले हेपिएको महशुस गरेका छन्।

आज काठमाडौंमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले ८० प्रतिशत मतदान भएको देशका बारे ६० प्रतिशतपनि मत खसाउन नसक्ने देशको युनियनले प्रश्न उठाउने अधिकार नभएको टिप्पणी गर्नुभयो । ‘पहिला हाम्रो जति मत खसाएर देखाउन् अनि हामीलाई अधिकारका कुरा सिकाउन्’, ओलीले भन्नुभयो ।

उहाँले इयुलाई आफ्नो प्रतिवेदन सच्याउन आग्रहसमेत गर्नुभयो। ओलीले नेपाल सार्वभौम मुलुक भएको हेक्का इयुलाई हुनुपर्ने भन्दै आक्रोश पोखे,‘प्रतिवेदन सच्याउला भनेको त उल्टै निहुँ खोज्दैछ।साभार नेपालखबरबाट