साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक स्वर्ण हो ।

काठमाण्डौं,मंसिर,२४-

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  मंगलबार भएको फाईनल खेलमा नेपालले २-१ गोल अन्तरले भुटानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो । नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफको  ५५ मिनेटमा नेपालले सुनिल बलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो। । सुनील बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ ।साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि जितेको हो ।

भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो। भुटान साग फुटबलमा पहिलो पटक फाइनल पुग्दै उपविजेता बनेको छ।