प्रधानमन्त्री ओली पदमुक्त,विश्वासको मत पाऊँ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं,बैशाख,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ।प्रतिनिधि सभामा भएको मतदानमा उहाँको प्रस्तावको पक्षमा बहुमत नपुगेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।

मतदान हुँदा प्रस्तावको पक्षमा जम्मा ९३ मत खसेको छ भने विपक्षमा १ सय २४ मत परेको छ।मतदानमा २ सय ३२ सांसद सहभागी भएका थिए। तीमध्ये १५ जनाले मत दिन्न भन्ने विकल्पमा मतदान गरेका थिए।

मतदानमा माधव नेपाल पक्षका एमाले सांसदहरु उपस्थित भएका थिएनन्।प्रतिनिधि सभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ।