नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)

फाईल तस्विर !!

काठमाडौं,बैशाख,२७-नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि प्रक्रिया आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि अब स्वतः पदमुक्त भएका छन्।

3 dal statement