भ्यालेन्टाइन डे आज विश्वभर मनाईंदै, नेपालमा विशेष कार्यक्रम

काठमाडौं, फागुन ३ – विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् । दिवसमा रातो गुलाफ खोज्नेदेखि फेसबुकमै माया साटासाट गर्नेहरु पनि भेटिन्छन् ।

रातो गुलाफ खोज्नेहरुका कारण फूलको व्यापार चाहिँ फस्टाएको छ ।उपहार पसल प्रेम दिवसले झिलिमिली बत्ती र बेलुनसँगै रातो गुलाफको फूलले झकिझकाउ छ । फेब्रअरी महिना लागेदेखि नै उपहारमा पसलमा रंगीचंगी बढेको हो । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा गुलाफको फूल रोज्ने युवायुवीतको संख्या बढ्दैछ ।

युवा युवतीको चाहना बढेपछि उपहार पसल पनि गुलाफको फूलले सजिन थालेको हो । बजारका सबै उपहार र फूल पसलमा घुईंचो बढेको छ । प्रेमी प्रेमिकाले प्रेमको प्रतीकको रुपमा रातो गुलाफ रोज्ने गर्छन् । आफ्नो मनको माया देखाउन रातो गुलाफ नै खोज्ने गर्छन् । प्रेमी प्रेमिकाले अरुबेला अन्य उपहार दिएपनि यो दिवसमा रातो गुलाफ नै दिने चलन छ । प्रेमी प्रेमिकाकै लागि यसवर्ष पनि भारतबाट एकलाख वटा रातो गुलाफ ल्याइएको छ ।

red-rose-bright-light-1920x1200-fabiovisentincom09471_highयसवर्षको प्रेम दिवस सप्ताहभरिमा २ लाख रातो गुलाफ स्टिक रोज अर्थात झण्डै १ करोड ४० लाख रुपैयाँको कारोवार हुने अनुमान गरिएको नेपाल फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष कुमार कसजुले बताउनुभयो । त्यसमध्येमा एक लाख स्टिक रोज भारतबाट आयात गरिएको छ भने एक लाख स्वदेशी उत्पादन भएको उहाँले बताउनुभयो । गएको वर्ष झण्डै १ करोड २५ लाख  रातो गुलाफको बिक्रि भएको थियो । जसमा भारतबाट ८० हजार स्टिक रोज आयात गरिएको थियो ।

गएको वर्ष भन्दा यसवर्ष भारतबाट २० हजार स्टिक रोज धेरै आयात गरिएको छ । तर व्यापारीहरु भने पहिलेको जस्तो रातो गुलाफको कारोबार नभएको बताउँछन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन । अहिले विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ ।

भ्यालेन्टाइन डे को औपचारिक शुरुवात ।
भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ ।

प्रणय दिवस कसरी शुरु भयो ।

तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए ।सम्राटले उहाँलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो ।आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ ।

उहाँले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।