पाकिस्तानमा तालिवानले गरायो आत्मघाती विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी, फागुन ३ -पाकिस्तानको लाहोरमा तालिवानले गराएको आत्मघाती विस्फोटमा  परि १३ जनाको ज्यान गएको छ । ज्यान जानेमा ट्राफिक प्रहरीका डीआईजी, एसएसपीसमेत रहनु भएको छ ।

लाहौरमा स्वास्थ्यकर्मीले आयोजना गरेको प्रदर्शनका बीचमा मोटरसाइकलमा रहेका आत्मघाती आक्रमणकारीले विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।औषधि बिक्रीका लागि नयाँ कानुनको माग गर्दै विरोध प्रदर्शन गरिएको बुझिएको छ । घटनामा ४० जना घाइते भएको पनि अधिकारीहरुले जनाएका छन् ।